Join our Channel

इलाम र सुनसरीका खोला किनारमा सतर्कता: जलसतह सतर्कता तह पार

इलाम र सुनसरीका खोला किनारमा सतर्कता: जलसतह सतर्कता तह पार

इलामको माइखोला चिसापानी खण्डमा रहेको जलमापन केन्द्रमा आज बिहानको मापन अनुसार जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नदी किनारका बासिन्दालाई डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोलामा समेत जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। विभागले दुवै स्थानका तटीय क्षेत्र तथा होचा भूभागका बासिन्दालाई सचेत रहन अनुरोध गर्दै सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।

Leave a comment