Join our Channel

आज देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको चेतावनी

देशभर मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टासम्म मौसम पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार, देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी मधेस प्रदेश, कोशी, वाग्मती, गण्डकी, लुम्बिनीसुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा मुसलधारे वर्षा हुनसक्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहि धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई भागका केही स्थानमा अत्यधिक वर्षा हुने चेतावनी दिइएको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (Debris Flow) को जोखिम बढ्ने, नदी-नालामा पानीको सतह बढ्ने तथा यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।

Leave a comment