Join our Channel

गृहमन्त्रीको दोहोरो मापदण्ड? – ‘निर्मलालाई न्याय नदिनेले एलिना र समीक्षालाई?’ : ज्ञानेन्द्र शाहीको टिप्पणी

गृहमन्त्रीको दोहोरो मापदण्ड? – ‘निर्मलालाई न्याय नदिनेले एलिना र समीक्षालाई?’ : ज्ञानेन्द्र शाहीको टिप्पणी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री रमेश लेखकप्रति कडा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एलिना चौहान र समीक्षा अधिकारीलाई न्याय दिने भनाइबारे प्रश्न उठाउँदै, गृहमन्त्रीले आफ्नै जिल्लाकी निर्मला पन्तलाई अझै न्याय दिन नसकेको स्मरण गराएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्,
“एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले। आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्याको सिकार हुँदा त न्याय दिन नसकेका मान्छेले गायिका बहिनीहरूलाई न्याय दिन्छन् रे?”

उनको यो अभिव्यक्ति एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्रीसँग भेट गरेपछि आएको हो। सामाजिक सञ्जालमा बारम्बार दुर्व्यवहारको सिकार भएका यी दुई गायिकाले मंगलबार गृहमन्त्रीसँग भेट गरेका थिए। सो अवसरमा गृहमन्त्री लेखकले उनीहरूको गुनासो सुनी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

एलिना र समीक्षाले गृहमन्त्रीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेका छन्। तर नेताहरूको यस्तो आलोचना सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

Leave a comment