
नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा ‘निसान फेस्टिभ डिल’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत, ग्राहकहरूले अल न्यू निसान म्याग्नाइट बुक गर्दा आकर्षक नगद छुट, एक्स्पो विशेष छुट, तीन वर्षको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, र एक वर्षको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।
सबैभन्दा आकर्षक कुरा के छ भने, निसान म्याग्नाइट अब मात्र ६ लाख ८० हजार रूपैयाँको डाउनपेमेन्टमा उपलब्ध छ। साथै सजिलो फाइनान्सिङ विकल्प पनि रहेको कम्पनीले जनाएको छ।
यस अफरमा रोड कर निःशुल्क छ र केही सर्तहरूसहित सबै सुविधाहरू लागू हुने कम्पनीले स्पष्ट पारेको छ।
त्यस्तैगरी, निसान लिफ मा ग्राहकहरूले अधिकतम रु. २० लाख १५ हजारसम्मको फाइदा प्राप्त गर्न सक्छन्। निसान उर्वान मा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ।
यो अफर साउन २५ गतेसम्म मात्र लागू हुनेछ, त्यसैले चाडपर्वको तयारी गर्न चाहने ग्राहकका लागि सुनौलो मौका हो।