Join our Channel

एनपीएल अक्सन २०२५: पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, देव खनालसहित चार खेलाडीको सर्वाधिक मूल्य

एनपीएल अक्सन २०२५: पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, देव खनालसहित चार खेलाडीको सर्वाधिक मूल्य

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको मिनी अक्सनको पहिलो चरणमा ८ टोलीले २६ खेलाडी अनुबन्ध गरेका छन्। शनिबार सम्पन्न अक्सनमा सर्वाधिक मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ अनुबन्ध भए। यी चारै जनाले जनही रु १५ लाख प्राप्त गर्नेछन्।

  • चितवन राइनोज – देव खनाल, अर्जुन साउद
  • काठमाडौं गोर्खाज – आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापा मगर, तुलबहादुर थापा
  • कर्णाली याक्स – पवन सर्राफ, युवराज खत्री, इमरान शेख, दीपक डुम्रेल
  • लुम्बिनी लायन्स – दिलीप नाथ, शेर मल्ल, विशाल पटेल
  • सुदूरपश्चिम रोयल्स – हेमन्त धामी, टेकबहादुर रावत, दीपेन्द्र थापा
  • विराटनगर किङ्ग्स – सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल
  • जनकपुर बोल्टस – मयन यादव, आदित्य महत, सचिन भट्ट
  • पोखरा एभेन्जर्स – अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल

यस चरणमा काठमाडौं गोर्खाजले आफ्नो कोटा अनुसार सबै ५ खेलाडी भित्र्यायो, भने अन्य टोलीले बाँकी खेलाडी न्यूनतम मूल्यमा अनुबन्ध गर्नेछन्।

मुख्य तथ्याङ्क

  • अक्सनमा भाग लिने खेलाडी: १५०
  • दर्ता खेलाडी संख्या: ४५८
  • पहिलो चरणमा अनुबन्ध: २६ खेलाडी

Leave a comment