Join our Channel

काठमाडौंमा सेनाको कडा गस्ती, सर्वसाधारणलाई घरमै बस्न आग्रह

काठमाडौंमा सेनाको कडा गस्ती, सर्वसाधारणलाई घरमै बस्न आग्रह

आन्दोलन सुरु भएको दुई दिनपछि काठमाडौंमा सुरक्षा अवस्था थप कडा बनाइएको छ। सोमबारदेखि सुरु भएको आन्दोलनले मंगलबार भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले राजीनामा दिएका छन्। यसपछि नयाँ सरकार गठनका लागि सेना र राष्ट्रपतिले निरन्तर वार्ताको आह्वान गरिरहेका छन्।

यसबीच प्रदर्शनकारीलाई घर फर्किन भनिए पनि काठमाडौंमा स्थिति सामान्य भएको छैन। त्यसपछि नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सडक गस्ती तीव्र पारेको छ।

नेपाली सेनाले राजधानीका विभिन्न स्थानमा गस्ती बढाउँदै लुटपाटमा संलग्न २६ जनालाई नियन्त्रणमा लिएको छ। सेनाले सर्वसाधारणलाई बिनाकाम घरमै बस्न आग्रह गर्दै आकस्मिक सेवामा संलग्नलाई मात्र पहिचानपत्र देखाएर हिँडडुल गर्न अनुमति दिएको छ।

आन्दोलनकारीहरूले आगजनी गरेका सिंहदरबार र सर्वोच्च अदालतलगायतका भवनमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। सेनाले संवेदनशील ठाउँमा कडाइ गरेको र आवश्यक परे थप कडा कदम चालिने चेतावनी दिएको छ।

Leave a comment