Join our Channel

सरकारी अनुदान अस्वीकार गर्ने सेजनको निर्णय: पेसागत धर्म र संस्थागत मौलिकताको रक्षा

सरकारी अनुदान अस्वीकार गर्ने सेजनको निर्णय: पेसागत धर्म र संस्थागत मौलिकताको रक्षा

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट विनियोजित एक करोड रुपैयाँ अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सञ्चालित अनुदान शीर्षकमा सेजनका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। तर, सेजन कार्यसमितिको बैठकले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको अध्यक्ष सुजन ओलीले जानकारी दिए।

सेजनले मन्त्रालयसँग कहिल्यै कुनै आर्थिक सहायता माग नगरेको तथा अहिलेसम्म सञ्चार मन्त्रालयबाट प्राप्त कुनै पनि निःशर्त अनुदान नस्वीकारेको स्पष्ट पारेको छ।

सेजनको विज्ञप्तिमा भनिएको छ, “बजेट अनुशासन र वित्तीय स्रोतको उपयोग प्रभावकारिता सम्बन्धमा सरकार तथा सम्बद्ध निकायहरूप्रति खबरदारी गर्दै आएको संस्थाले यस्ता अनुदान स्वीकार गर्नु हाम्रो पेसागत धर्म र संस्थागत मौलिकताको विपरीत हुनेछ।”

साथै विज्ञप्तिमा सरकारको सीमित वित्तीय स्रोत जनताको आधारभूत आवश्यकता पूर्ति र जीवनरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। अध्यक्ष ओलीको हस्ताक्षर रहेको विज्ञप्तामा लेखिएको छ, “जनताको करबाट संकलित स्रोतको अधिकतम उपयोग जनहितका काममा हुनुपर्ने हो। पत्रकारहरूको umbrella organization ले यस्ता अनुदान लिनु अनुचित हुन्छ।”

यही सन्दर्भमा मन्त्रालयले आर्थिक पत्रकारका अन्य संस्थाहरूलाई पनि एक/एक करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो।

Leave a comment