Join our Channel

नेपाल साफ यु–१७ पुरुष च्याम्पियनसिप सेमिफाइनलमा प्रवेश

नेपाल साफ यु–१७ पुरुष च्याम्पियनसिप सेमिफाइनलमा प्रवेश

नेपाल साफ यु–१७ पुरुष फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार समूह ‘ए’ को खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

नेपाल समूह ‘ए’ मा दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो। पहिलो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराउँदै विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा नेपालले बंगलादेशसँग ४-० ले हार व्यहोरेको थियो।

अब नेपालले समूह ‘बी’ मा रहेको भारत वा पाकिस्तानसँग सेमिफाइनल खेल्नेछ। भारत र पाकिस्तानबीचको खेलले नेपालले सामना गर्ने प्रतिद्वन्द्वी निर्धारण गर्नेछ।

यस प्रतियोगितामा कुल ७ टोलीले सहभागिता जनाएका छन्।

Leave a comment