Join our Channel

सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण समय असोज मसान्तसम्म बढाइयो

सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण समय असोज मसान्तसम्म बढाइयो

सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि भदौ मसान्तबाट असोज मसान्तसम्म बढाएको छ।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत संशोधन गरिएको यो व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ। यसअन्तर्गत, सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका “भदौ मसान्तभित्र” भन्ने शब्दलाई “असोज मसान्तभित्र” परिवर्तन गरिएको छ।

यसले नागरिकलाई परिचयपत्र नवीकरणका लागि थप समय उपलब्ध गराउने र व्यवस्थित रूपमा नवीकरण प्रक्रिया सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a comment