Join our Channel

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल ४–० ले बंगलादेशसँग पराजित

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल ४–० ले बंगलादेशसँग पराजित

साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४–० गोलले पराजित भएको छ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स इन्टरनेसनल स्टेडियममा बुधबार भएको खेलमा नेपालले पहिलो हाफमा एक गोल खायो भने दोस्रो हाफमा थप तीन गोल बेहोर्नु पर्‍यो।

३० औं मिनेटमा मोहम्मद अपू रहमानले हानेको कर्नर बल गोलकिपरले डिफ्लेक्ट गर्दा मोहम्मद सबिर इस्लामले अवसरलाई सदुपयोग गर्दै बंगलादेशको पहिलो गोल गरे।

दोस्रो हाफमा बंगलादेशले लगातार गोल गर्‍यो। खेलको ४९ औं मिनेटमा अपू रहमानले डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरे। त्यसको एक मिनेटमै, ५० औं मिनेटमा, मोहम्मद आरिफले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट शटमार्फत गोल गरे। खेलको ६६ औं मिनेटमा मोहम्मद मानिकले चौथो गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो। अब नेपालले सेमिफाइनलमा पुग्न बंगलादेशले श्रीलंकालाई हराउनुपर्ने हुन्छ। तर यदि श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा नेपाल समूह चरणबाटै बाहिरिनेछ।

साफ यू–१७ च्याम्पियनसिपमा सातवटा सार्क राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् भने समूह ‘बी’ मा भारत, भुटान, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

Leave a comment