Join our Channel

विश्वविद्यालय सुधारबारे भिसीहरूको प्रतिक्रिया : “राजनीतिमुक्त नबनाएसम्म सम्भव छैन”

विश्वविद्यालय सुधारबारे भिसीहरूको प्रतिक्रिया : “राजनीतिमुक्त नबनाएसम्म सम्भव छैन”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भाइस–चान्सलर (VC), रजिस्ट्रार, रेक्टर र डीनहरूसँग गरेको छलफलमा, भिसीहरूले स्पष्ट जवाफ दिएका छन् – राजनीतिमुक्त नबनाएसम्म सुधार सम्भव छैन।

मन्त्री पुनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विषयमा प्रश्न गर्दा, भिसीहरूले सुधारका सबै प्रयासहरू राजनीतिक प्रभावका कारण अवरुद्ध हुने बताएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्,

“विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा परिणत गर्न सकिन्छ भनेर सोध्दा, टोलीले उत्तर दियो – विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार सम्भव छैन वा धेरै गाह्रो छ।”

यस्तै उनले दसैंपछि विश्वविद्यालय सुधारका ठोस उपाय ल्याउन भिसीहरूलाई निर्देशन दिएको जानकारी दिएका छन्।

Leave a comment