Join our Channel

कोशी, तराई र वाग्मतीका पहाडी क्षेत्रमा आज भारी वर्षा, सतर्क रहन आग्रह

कोशी, तराई र वाग्मतीका पहाडी क्षेत्रमा आज भारी वर्षा, सतर्क रहन आग्रह

नेपालको विभिन्न भागमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागमा विशेष गरी भारी वर्षा हुने सम्भावना छ

हाल मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा दक्षिणतिर सरेको हुँदा देशभर दिउँसोभर साधारणतया बदली रहने जनाइएको छ। लुम्बिनी प्रदेशका पहाडी भूभाग र तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि कोशी र मधेस प्रदेशलगायत पहाडी भूभागमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा हुने क्षेत्रमा पहिरो, गेग्रान बहाव (Debris Flow) र नदी-नालामा पानीको सतह बढ्न सक्ने जोखिम रहेको बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। यातायात र आवतजावतमा पनि असर पर्न सक्ने भएकाले पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

Leave a comment