Join our Channel

अमेरिकाबाट फेरि तीन जना नेपालीलाई निष्कासन, कागजातविहीन आप्रवासीमाथि कारबाही तीव्र

अमेरिकाबाट फेरि तीन जना नेपालीलाई निष्कासन, कागजातविहीन आप्रवासीमाथि कारबाही तीव्र

अमेरिकाले फेरि तीन जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमन तथा सीमाशुल्क प्रवर्तन संस्था (ICE) का अनुसार, अवैध रूपमा अमेरिका बसोबास गर्दै आएका वली, डाँगी र केसी थर भएका तीन व्यक्तिलाई नेपाल फर्काइएको हो।

ICE को अनुसार, उनीहरूलाई अमेरिकाको विभिन्न स्थानबाट कागजातविहीन अवस्थामा पक्राउ गरिएको थियो। पक्राउपछि अमेरिकास्थित नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र (Travel Document) को व्यवस्था गरी उनीहरूलाई भारत हुँदै एयर इन्डियाको उडानबाट काठमाडौं पठाइएको हो।

ट्रम्प प्रशासनपछिका कारबाहीहरू तीव्र

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि अमेरिका भित्र अवैध रूपमा बसोबास गर्ने आप्रवासीमाथिको निगरानी र कारबाही अझै कडाइ भएको नेपाली आप्रवासीहरू बताउँछन्। केही महिना अघि पनि अमेरिका सरकारले एकैपटक ३७ जना नेपालीलाई निष्कासन गरेको थियो।

पछिल्लो निष्कासनमा परेका तीन नेपाली असार ११ र १२ गते क्रमशः नेपाल पठाइएको स्रोतको जानकारी छ। अघिल्लो समूहमा रहेका ३२ पुरुष र ५ महिला पनि अवैध बाटो भएर अमेरिका पुगेका थिए।

सीमा क्षेत्र र गोप्य बसोबासबाट पक्राउ

ICE का अनुसार, निष्कासितमध्ये केहीलाई अमेरिका छिर्ने क्रममा सीमा क्षेत्रमै पक्राउ गरिएको हो भने केही लुकीछिपी बसोबास गर्दै काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए। कागजात अभावका कारण उनीहरूलाई कानूनी प्रक्रिया पुरा गरी निष्कासन गरिएको हो।

Leave a comment