Join our Channel

सरकारी योजना: अब नेपाली कामदार जापान, कोरिया र युरोप जानेछन संस्थागत प्रक्रियामार्फत!

सरकारी योजना: अब नेपाली कामदार जापान, कोरिया र युरोप जानेछन संस्थागत प्रक्रियामार्फत!

नेपाल सरकारले दक्ष र अर्धदक्ष नेपाली श्रमिकहरूलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत रूपमा पठाउने तयारी थालेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यो जानकारी दिएका हुन्। मन्त्री भण्डारीका अनुसार, आगामी जुलाई महिनादेखि युरोपतर्फ श्रमिक पठाउने प्रक्रिया सुरु हुने भएको छ।

उनले भने, “वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सीपयुक्त नेपालीलाई जापान र कोरियामा अर्धदक्ष तथा दक्ष श्रमिकको रूपमा पठाउने निर्णय गरिएको छ।”

साथै, मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाए। वैदेशिक रोजगारका नाममा हुने धोखाधडी सरकारको प्रमुख चिन्ताको विषय भएको उल्लेख गर्दै, उजुरी परेमा सरकारले गम्भीर अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्ने बताए।

Leave a comment