
नेपालको शेयर बजार परिसूचक (नेप्से) आज २८.९१ अङ्कले वृद्धि भएर २,६६०.३९ मा पुगेको छ। यो एक दिनमा १.०९ प्रतिशतको बृद्धि हो।
आज ३०९ कम्पनीका कुल १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर ७० हजार २१४ पटक किनबेच हुँदा कारोबार रकम करिब रु ७ अर्ब ३ करोड ३० लाख नाघेको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको भए पनि बाँकी सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ भने युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको हो।