
नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
पत्रकार सम्मेलनमार्फत निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले जानकारी दिएअनुसार प्रतियोगितामा ब्वाइजतर्फ २४ टोली र गल्र्सतर्फ १२ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा सहभागी दुवै समूहका विजेताले नगद रु १०,००० र उपविजेताले रु ७,००० पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने र सबै खेलहरू आयोजक निब्स स्कुलको मण्डिखाटारस्थित बास्केटबल कोर्टमा हुने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले जानकारी दिइन्।
यो प्रतियोगिता माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीचको खेलकुद क्षमताको विकास तथा बास्केटबलप्रतिको रुचि अभिवृद्धि गर्न उद्देश्य गरिएको हो।