Join our Channel

३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले ग्राहकहरूको आवासीय आवश्यकता पूरा गर्नका लागि ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्मको घर कर्जा उपलब्ध हुनेछ।

सपना तपाईंको, साथ हाम्रो’ नारासहित सार्वजनिक गरिएको यस योजनामा आकर्षक ब्याजदर र सुविधाजनक सेवा रहने बैंकले जनाएको छ। कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनर्निर्माण र घडेरी खरिदका लागि उपलब्ध हुनेछ।

यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकलाई धितो सुरक्षणको अनुपात ८० प्रतिशत र अन्य ग्राहकको हकमा ७० प्रतिशत कायम गरिएको छ।

एनआईसी एशियाले यो कर्जा योजना ग्राहकलाई सहज प्रक्रियाबाट उपलब्ध गराउने बताएको छ।

Leave a comment