Join our Channel

दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडी सुदूरपश्चिम रोयल्समा कायम, एनपीएलको तयारी तीव्र

दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडी सुदूरपश्चिम रोयल्समा कायम, एनपीएलको तयारी तीव्र

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई टिममै कायम (रिटेन) राखेको छ।

सुदूरपश्चिम रोयल्सले शनिबार एक विज्ञप्तिमार्फत दीपेन्द्रलाई पुनः मार्की खेलाडीका रूपमा चयन गर्दै उनको नेतृत्व क्षमतामाथि पूर्ण विश्वास व्यक्त गरेको जनाएको छ। गत सिजनमा दीपेन्द्रको कप्तानीमा टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरे पनि जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

रिटेन गरिएको खेलाडीहरूमा दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद रहेका छन्। यी खेलाडीहरूलाई निरन्तरता दिँदै टिमले आगामी संस्करणमा अझ बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको जनाएको छ।

त्यसैगरी, अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ। टिम व्यवस्थापनका अनुसार सुदूरपश्चिम रोयल्स अब नयाँ रणनीति र सुदृढ योजना सहित टिम संरचना निर्माणमा जुटिरहेको छ।

एनपीएलको दोस्रो संस्करणको मिति घोषणा भइनसकेको भए पनि सहभागी टिमहरू तयारीमा जुटिरहेका छन्। सुदूरपश्चिमको यो निर्णयले टिमको एकरूपता कायम राख्दै प्रदर्शनमा निरन्तरता ल्याउने विश्वास गरिएको छ।

Leave a comment