Join our Channel

पहिलो एनटीए नेसनल टिम तेक्वान्दो च्याम्पियनसिप असार १ र २ गते हुने

पहिलो एनटीए नेसनल टिम तेक्वान्दो च्याम्पियनसिप असार १ र २ गते हुने
Getty Images

नेपाल तेक्वान्दो संघले पहिलोपटक एनटीए नेसनल टिम तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी असार १ र २ गते राजधानी काठमाडौंमा हुनेछ।

संघले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै, यो च्याम्पियनसिप ग्योरोगी विधा (फाइट) मा मात्र हुनेछ र विश्व तेक्वान्दोको टिम ग्योरोगी नियमअनुसार सञ्चालन गरिने बताएको हो।

चार विधामा प्रतिस्पर्धा

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका क्याडेट गर्ल्स/ब्वाइज टिम र १५ देखि १७ वर्ष उमेर समूहका जुनियर गर्ल्स/ब्वाइज टिम गरी कुल ४ विधामा प्रतिस्पर्धा हुनेछ।

पुरस्कार राशि र अपेक्षित सहभागिता

प्रतियोगिताको टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि कुल ३ लाख रुपैयाँ बराबरको पुरस्कार राशि राखिएको छ।

नेपाल तेक्वान्दो संघले प्रतियोगितामा करीब ७ सय खेलाडीको सहभागिता हुने अपेक्षा गरेको छ। यो प्रतियोगिताको कुल अनुमानित खर्च १२ लाख ५५ हजार रुपैयाँ रहनेछ, जसको सम्पूर्ण व्यवस्थापन संघले गर्ने जनाएको छ।

नेपाल तेक्वान्दो संघले यस च्याम्पियनसिपलाई बालबालिकादेखि किशोर उमेर समूहसम्मको प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिएको छ।

Leave a comment