Join our Channel

गठबन्धन राजनीतिले महिला नेतृत्व सिमित बनाउँदैछ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

गठबन्धन राजनीतिले महिला नेतृत्व सिमित बनाउँदैछ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Getty Images

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन केन्द्रित राजनीति महिला नेतृत्वको अवसरलाई खुम्च्याउने काम भइरहेको बताएकी छन्। शुक्रबार विराटनगरमा सुरु भएको स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्ने

पूर्वराष्ट्रपति भण्डारीले अहिलेको गठबन्धनले महिलालाई प्राथमिक सिट नदिँदा उनीहरूको राजनीतिक सक्रियता र हैसियत घट्दै गएको धारणा राखिन्।
“गठबन्धन हुँदा प्राथमिक नेतृत्वमा महिलाले सिट पाउन सक्दैनन्, यसले महिलाको भूमिका खुम्चिन्छ,” उनले भनिन्।

उनले राजनीतिक दलहरूलाई लोकतान्त्रिक मूल्य र समावेशिता जोगाउन महिला नेतृत्वलाई सशक्त रूपमा अगाडि ल्याउन आग्रह गरिन्।

स्थानीय तहमा महिला जनप्रतिनिधिको भूमिका अझ सशक्त बनाउनु पर्ने

भण्डारीले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन नीति तथा व्यवहारगत सुधार आवश्यक भएको बताइन्।
उनका अनुसार विकास र समृद्धिमा महिलाको दृष्टिकोण र संवेदनशीलता महत्त्वपूर्ण हुन्छ, त्यसैले समन्वयकारी नेतृत्व अपरिहार्य छ।

राजनीतिमा सक्रियता कायम

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा भण्डारीले आफू अझै राजनीतिक रूपमा सक्रिय रहेको बताइन्। पार्टी नेतृत्वको सम्भावित भूमिकाबारे उनले भने, “समय आएपछि थाहा भइहाल्छ नि।

Leave a comment