Join our Channel

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीबाट जाँचबुझ आयोगमा पठाइयो

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीबाट जाँचबुझ आयोगमा पठाइयो

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध परेको जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मानवअधिकार उल्लंघन र मानवताविरुद्धको अपराध भएको दाबी गर्दै मृतक परिवारले उनीहरू विरुद्ध जाहेरी दिएका थिए।

सरकारले सो घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि जाँचबुझ आयोग गठन गरेको छ। जाहेरी दर्ता भएपछि काठमाडौं प्रहरी परिसरले उक्त फाइललाई आयोगमा पठाएको जनाएको छ।

प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार,

“ओली र लेखकविरुद्ध परेको जाहेरीलाई हामीले जाँचबुझ आयोगमा पठाएका छौं,” उनले अन्नपूर्णसँग भने।

यसअघि पनि आन्दोलनका क्रममा भएका मृत्यु र क्षतिपूर्तिसम्बन्धी विषयमा सरकार र मानवअधिकार आयोगबीच छलफल भइरहेकाले उक्त जाहेरी आयोगमार्फत अध्ययन र अनुसन्धान हुनेछ भन्ने अपेक्षा गरिएको छ।

Leave a comment