Join our Channel

पर्सामा महिलाको नाममा ३६३ नयाँ घरेलु उद्योग दर्ता

पर्सामा महिलाको नाममा ३६३ नयाँ घरेलु उद्योग दर्ता

सरकारको महिला उद्यमी प्रोत्साहन नीतिका कारण पर्सामा महिलाको नाममा ३६३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। यस प्रावधानअनुसार महिला उद्यमीले नयाँ उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ, जसले महिला उद्यमशीलता तर्फ आकर्षण बढाएको छ।

तथ्यांक र विवरण

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार, गत आर्थिक वर्षमा ९६३ वटा नयाँ उद्योग दर्ता भएका थिए, जसमा ३६३ उद्योग महिला उद्यमी सञ्चालकको नाममा छन्।

उहाँले भने,

“विगतमा महिलाले आफ्नो नाममा उद्योग खोल्न हिच्किचाउँथे, तर हाल सरकारको प्रोत्साहन र महिलाको सक्रियताले यस संख्यामा वृद्धि भएको छ।”

त्यसैगरी, गत आवमा ६३५ उद्योग पुरुष उद्यमीले दर्ता गरेका थिए। नयाँ दर्ता भएका उद्योगहरूले १,७३७ पुरुष१,१६१ महिलालाई रोजगारी दिएको बताइएको छ।

महिला उद्यमशीलतामा सुधार

प्रमुख पञ्जीयारका अनुसार, तराई–मधेस क्षेत्रमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढ्दो छ।

“एक दशकअघिसम्म महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता धेरै हुन्थेन। सबैजसो उद्योग पुरुष उद्यमीको नाममा दर्ता हुन्थे। सरकारले महिला उद्यमीको नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेपछि अहिले महिला उद्यमी उद्योग दर्ता गर्न अग्रसर भएका छन्।”

Leave a comment