Join our Channel

पथलैयामा झण्डै २ किलो चरेशसहित एक जना पक्राउ, नगद पनि बरामद

पथलैयामा झण्डै २ किलो चरेशसहित एक जना पक्राउ, नगद पनि बरामद

बाराको पथलैयामा लागूऔषध चरेशसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरीया टोलमा बसोबास गर्दै आएका ५६ वर्षीय बच्चुकुमार बुढाथोकी पक्राउ परेका हुन्। उनी वीरगन्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको खुलेको छ।

पक्राउ परेका बुढाथोकी नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेका थिए। ना५ख ८१०१ नम्बरको यात्रुवाहक बसलाई बाराको जीतपुरसिमरा–१ स्थित पथलैयामा चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट झण्डै २ किलो लागूऔषध चरेश र नगद एक लाख २३ हजार रुपैयाँ फेला पारेको हो।

प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उनीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।

लागुऔषध कारोबारको शृंखला रोक्न प्रहरीले निगरानी अझ कडा बनाएको बताइएको छ।

Leave a comment