Join our Channel

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

फिलिपिन्सको केन्द्रीय क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) का अनुसार भूकम्प मंगलबार राति करिब १० बजे गएको हो। भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा र ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ।

स्थानीय मिडियाका अनुसार भूकम्पले विद्युत आपूर्ति अवरुद्ध भएको छ भने संरचनाहरूमा ठूलो क्षति पुगेको छ। सेबु प्रान्तीय सरकारले बान्टायन क्षेत्रमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकमा क्षति पुगेको जानकारी दिएको छ।

बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको स्थिति घोषणा गरेको छ। भूकम्पपछि घाइते बिरामीहरूलाई अस्पतालको भवन बाहिरै उपचार गरिँदैछ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी क्षेत्रमा भएको क्षति र घाइतेको अवस्थाबारे दिउँसोसम्म प्रष्ट विवरण आउने बताइन्। उनले फेसबुकमा पोष्ट गरेको भिडियो सन्देशमा भनेकी छिन्, “यो हामीले सोचेभन्दा अझ गम्भीर हुन सक्छ।”

Leave a comment