Join our Channel

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको ७ दलबीचको संवाद, को-को सहभागी हुँदैछन् ?

प्रधानमन्त्री कार्कीले बोलाएको ७ दलबीचको संवाद, को-को सहभागी हुँदैछन् ?

प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न सात राजनीतिक दलसँग संवाद गर्दैछिन्। संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको छ।

प्रधानमन्त्री कार्कीले यो बैठकमार्फत आगामी निर्वाचनका सन्दर्भमा दलहरूसँग पहिलो पटक सामूहिक छलफल गर्न लागेकी हुन्। कार्की जेनजी आन्दोलनको प्रभावमा प्रधानमन्त्री बनेकी हुन्।

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा पनि सहभागी भइसकेकी थिइन्।

सर्वदलीय बैठकमा नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको थियो र संसद् पुनर्स्थापनाको माग राखेको थियो।

बैठकमा सहभागी हुने दल र प्रतिनिधिहरू:

  • नेपाली कांग्रेस: महामन्त्री गगन थापा, प्रवक्ता डाक्टर प्रकाश शरण महत
  • नेकपा एमाले: महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली
  • नेकपा माओवादी केन्द्र: पम्फा भुसाल, वर्षमान पुन
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): उपसभापति डा. स्वर्णिम वाग्ले, सचिवालय सदस्य सोविता गौतम
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता मोहन श्रेष्ठ
  • जसपा नेपाल: अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य प्रकाश अधिकारी
  • जनमत पार्टी: अध्यक्ष सीके राउत

प्रधानमन्त्री कार्कीको यो संवाद राजनीतिक स्थिरता र आगामी निर्वाचन तयारीका लागि महत्वपूर्ण मानिएको छ।

Leave a comment