Join our Channel

तीन वर्षदेखि फरार रासायनिक मल भ्रष्टाचार मुद्दाका दोषी इटहरीबाट पक्राउ

तीन वर्षदेखि फरार रासायनिक मल भ्रष्टाचार मुद्दाका दोषी इटहरीबाट पक्राउ

रासायनिक मल हिनामिना (भ्रष्टाचार) मुद्दामा दोषी ठहर भई तीन वर्षदेखि फरार रहेका व्यक्ति दिलचन्द्र राई पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। विशेष अदालत काठमाडौंले उनलाई २०७९ साल भदौ २८ गते २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।

राई लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए। प्रहरीका अनुसार सामुदायिक प्रहरी बिट भवानीपुर इटहरीबाट खटिएको टोलीले उनलाई घर आसपासबाट पक्राउ गरेको हो।

डीएसपी योगराज खतिवडाका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि राईलाई जिल्ला अदालत सुनसरीमा बुझाइएको छ।

Leave a comment