
राप्ती राजमार्गअन्तर्गत श्रीनगर–तुलसीपुर सडक खण्डको कपुरकोट–३ चोरखोलामा हायस गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
आज बिहान रूकुमबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सडकबाट करिब ३/४ सय मिटर तल खस्दा रुकुम बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीय पब के.सी., २७ वर्षीय प्रकाश के.सी. र ३० वर्षीय **शसिधर के.सी.**को घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि दाङस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। मृतकहरूको औपचारिक सनाखत प्रक्रिया पूरा भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।