Join our Channel

सामाजिक सञ्जालमार्फत ठगीः दुई पक्राउ, एक फरार – यस्तो थियो ठगीको शैली!

सामाजिक सञ्जालमार्फत ठगीः दुई पक्राउ, एक फरार – यस्तो थियो ठगीको शैली!

सामाजिक सञ्जालको दुरुपयोग गर्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की प्रविका राईको जाहेरीका आधारमा रूपन्देही मजगौवाका शिवकुमार नाउ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की जुना कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कटवालले आफ्नो फेसबुक आईडीमार्फत प्रविकालाई पैसाको लगानी गर्न उक्साएकी थिइन् भने नाउको ईसेवा खातामा रु २७ हजार र रूपन्देही सूर्यपुराका शिवनाथ बरईको खातामा रु २ लाख २४ हजार रकम ट्रान्सफर भएको थियो। यो घटनासम्बन्धी उजुरी २०७८ असार ९ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा दर्ता भएको थियो।

कटवाल आइतबारनाउ जेठ ३० गते स्वयं उपस्थित भएर प्रहरी कार्यालय खोटाङमा बयान दिएका थिए। कटवालले आफ्नो फेसबुक आईडी ह्याक भइ दुरुपयोग भएको दाबी गरेकी छन्।

प्रहरीका अनुसार अर्का अभियुक्त शिवनाथ बरई भने हाल फरार रहेका छन् र खोजी कार्य भइरहेको छ।

घटनाबारे अनुसन्धान पुरा भई जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।

उनका अनुसार, “दुवैबाट बयान लिइसकेपछि फाइल सरकारी वकिलकोमा पठाइएको छ। बयानमा फेसबुक ह्याकरले आईडी दुरुपयोग गरेको उल्लेख गरिएको छ।”

Leave a comment