Join our Channel

सातामै ४३ अर्बले घट्यो सेयर बजार, लगानीकर्ताको सम्पत्तिमा ठूलो क्षति

सातामै ४३ अर्बले घट्यो सेयर बजार, लगानीकर्ताको सम्पत्तिमा ठूलो क्षति

पछिल्लो सातामा सेयर बजार कमजोर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६.४७ अंकले घटेसँगै कुल बजार पुँजीकरण ४३ अर्ब १३ करोड रुपैयाँले घटेको छ। यसको अर्थ लगानीकर्ताले त्यति ठूलो मूल्य बराबरको सम्पत्ति गुमाएका छन्।

अघिल्लो बिहीबारसम्म बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब रुपैयाँ थियो भने यो बिहीबारसम्म घटेर ४३ खर्ब ७९ अर्ब रुपैयाँमा झर्‍यो।

साताभर सेयर कारोबार रकम ५२ अर्ब ६० करोड नाघ्यो भने १२ करोड ८२ लाख कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ।

साताको पहिलो दुई दिन नेप्से सूचक अलिकति वृद्धि भए पनि बाँकी तीन दिन लगातार गिरावट आयो। विशेषगरी लगानीकर्ताहरू आगामी मौद्रिक नीति पर्खेर बसेको विश्लेषण गरिएको छ।

धेरै कमाउने १० कम्पनी:

  1. पियोर इनर्जी लिमिटेड – ३१.७५%
  2. पञ्चकन्या माई हाइड्रोपावर – १९.८७%
  3. युनियन हाइड्रोपावर – १८.९१%
  4. बुटवल पावर – १३.४६%
  5. जोशी हाइड्रोपावर – ११.९६%
  6. पिपुल्स पावर – ११.१७%
  7. बरुण हाइड्रोपावर – १०.७४%
  8. मध्य भोटेकोशी जलविद्युत् – ९.६२%
  9. सिंगटी हाइड्रोपावर – ८.८२%
  10. शिव श्री हाइड्रोपावर – ६.५१%

धेरै गुमाउने १० कम्पनी:

  1. श्री इन्भेस्टमेन्ट फाइनान्स – १२.९५%
  2. ओम मेगा श्री फर्मासिटिकल्स – १०.७१%
  3. सप्तकोशी विकास बैंक – १०.२५%
  4. पिपुल्स हाइड्रोपावर – ९.०३%
  5. सिन्धु विकास बैंक – ८.९२%
  6. क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स – ८.७१%
  7. नेपाल हाइड्रो डेभलपर्स – ७.९९%
  8. सिक्लेस हाइड्रोपावर – ७.३०%
  9. युनिभर्सल पावर कम्पनी – ७.२१%
  10. विन नेपाल लघुवित्त – ७.१५%

कारोबार रकममा अगाडि रहेका कम्पनीहरू:

  • सानिमा माई हाइड्रोपावर – ३ अर्ब ७३ करोड
  • ङादी ग्रुप पावर – ३ अर्ब ४७ करोड
  • बुटवल पावर – २ अर्ब ८७ करोड
  • राधी विद्युत् कम्पनी – २ अर्ब ८ करोड
  • सिंगटी हाइड्रोपावर – २ अर्ब १ करोड
  • युनिभर्सल पावर कम्पनी – १ अर्ब ७१ करोड
  • चिलिमे हाइड्रोपावर – १ अर्ब ४३ करोड
  • सिनर्जी पावर डेभलपमेन्ट – १ अर्ब २३ करोड
  • सोल्टी होटल – १ अर्ब २१ करोड
  • युनियन हाइड्रोपावर – १ अर्ब १९ करोड

Leave a comment