Join our Channel

ठगीको केस अख्तियारमा लैजान सल्लाह मैले दिएकी होइन” – सांसद सुमना श्रेष्ठको स्पष्टिकरण

ठगीको केस अख्तियारमा लैजान सल्लाह मैले दिएकी होइन" – सांसद सुमना श्रेष्ठको स्पष्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठले ठगीको उजुरी अख्तियारमा लैजान आफूले दिएको सल्लाहसम्बन्धी सामाजिक सञ्जालमा भाइरल भएको समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन्।

श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै असार ४ गते सामाजिक सञ्जालमा आएको भिडियोमा आफूले ठगीमा परेका व्यक्तिहरूलाई अख्तियारमा उजुरी दिन सल्लाह दिएको, पत्र लेखिदिएको र गृहमन्त्रीको नाम लेख्न लगाएको जस्ता आरोपहरू निराधार रहेको स्पष्ट गरेकी हुन्।

श्रेष्ठले भनिन्, “मिति २०८१ जेष्ठ २६ गते रास्वपा कार्यालयमा जनताको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत म उपस्थित थिएँ। केही पीडितहरूले ठगीमा परेको गुनासो राखेपछि मैले कानुनी प्रक्रियामा जान सुझाव मात्र दिएकी हुँ। अख्तियार लैजान भन्ने मेरो आशय थिएन, त्यसपछि म संसद भवन गएको थिएँ।”

उनले आरोप लगाए अनुसार, उक्त भिडियोलाई नियोजित रूपमा आफूमाथि आरोप लगाउने प्रयास गरिएको हो, जुन चरित्र हत्या गर्ने नियोजित प्रयास हो। उनले यस्ता कार्यप्रति गम्भीर आपत्ति जनाउँदै दोषी भए अनुसन्धान गर्न आग्रह गरेकी छन्।

रास्वपाले गठन गर्‍यो तीन सदस्यीय छानबिन समिति
श्रेष्ठले पार्टीका कार्यवाहक सभापतिलाई उक्त घटनाको जानकारी गराएको र छानबिनका लागि तीन सदस्यीय समिति पनि गठन भइसकेको बताइन्। “यदि पार्टी कार्यालयमै यस्ता सल्लाह दिइएको हो भने, सत्यतथ्य पत्ता लगाउन छानबिन आवश्यक छ,” उनले भनिन्।

मानव तस्करी प्रकरणबाट ध्यान हटाउन गरिएको प्रयास?
श्रेष्ठले मानव तस्करीजस्तो गम्भीर विषयबाट ध्यान मोड्न, पीडितहरूलाई हतोत्साहित गर्न तथा दोषीहरूलाई जोगाउन यस्ता प्रयास गरिएको हुनसक्ने बताएकी छन्। उनले न्याय प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि कामप्रति आपत्ति जनाएकी छिन्।

Leave a comment