Join our Channel

सुनको मूल्यमा ठूलो उछाल: तोलाको मूल्य १ लाख ९५ हजार नाघ्यो

सुनको मूल्यमा ठूलो उछाल: तोलाको मूल्य १ लाख ९५ हजार नाघ्यो

सुनचाँदी कारोबार गर्नेहरूको लागि आजको दिन उत्साहजनक रहेको छ। गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै आएको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यो मूल्य ९ सय रुपैयाँले वृद्धि भएको हो। त्यस्तै एक तोला चाँदीको मूल्य ६५ रुपैयाँले बढेर २ हजार २ सय २५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ३,३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले विश्वबजारमा सुनको माग उच्च रहेको संकेत गर्छ।

Leave a comment