Join our Channel

सुशासन सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय आयोगको पहिलो बैठक आज

सुशासन सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय आयोगको पहिलो बैठक आज

मुलुकमा सुशासन कायम गर्न गठन गरिएको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा सुशासन सुधारका पहलहरू, कार्यान्वयनका चुनौतीहरू र आगामी रणनीतिबारे विस्तृत छलफल गरिनेछ।

प्रधानमन्त्री ओलीका स्वकीय सचिव रोश्नी मेचेका अनुसार, यो बैठकले देशमा सुशासन प्रवर्द्धनका लागि आवश्यक सुधारात्मक योजनाहरूको मार्गचित्र बनाउनेछ।

गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट उच्चस्तरीय सुशासन आयोग गठन गरिएको थियो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया लगायत सदस्यका रूपमा सहभागी छन्।

बैठकपछि आयोगले सुशासन प्रवर्द्धन गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस पेस गर्ने अपेक्षा गरिएको छ।

Leave a comment