
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोट प्रतियोगितामा नेपाल आज आफ्नो पहिलो खेलमा कुवेतसँग खेल्दैछ।
ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने यो खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ।
यो छनोट प्रतियोगितामा कूल ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ।
- समूह ए: मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)
- समूह बी: नेपाल, जापान र कुवेत
- समूह सी: ओमान, पपुवा न्यूगिनी र सामोआ
हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
नेपालले आफ्नो दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका रहेको छ। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने अपेक्षा गरिएको छ।