Join our Channel

त्रिभुवन विश्वविद्यालयको पठन–पाठन कार्तिक ११ गतेसम्म बन्द

त्रिभुवन विश्वविद्यालयको पठन–पाठन कार्तिक ११ गतेसम्म बन्द

मुलुकभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कार्तिक ११ गतेसम्म सबै पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ।

त्रिवि रजिस्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै भदौ २९, ३० र ३१, असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कक्षा बन्द रहने जनाएको छ।

रजिस्ट्रार कार्यालय प्रमुख लिली थापा क्षेत्रीका अनुसार, हिउँदे बिदाबाट कटौती गर्ने गरी यो बिदा मिलाइएको हो। उनले भनिन्,
“देशको विद्यमान असामान्य परिस्थिति कारण पठन–पाठन बन्द गर्ने निर्णय गरिएको छ। नियमित पठन–पाठन भने कार्तिक ११ गतेपछि सञ्चालन हुनेछ।”

यस निर्णयसँगै त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरूमा हालका कक्षा, परीक्षा र शैक्षिक तालिकामा पनि केही असर पर्ने देखिएको छ।

Leave a comment