
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनासर्त आत्मसमर्पणको चेतावनी दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले कडा प्रतिक्रिया दिएका छन्।
पूर्व राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै भनेका थिए, “इरानका तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाहा छ। उनी सजिलो निशाना हुन्, तर अहिलेका लागि उनी सुरक्षित छन्।” उनले इरानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए।
यसको जवाफमा आयतुल्लाह खामेनेईले सामाजिक सञ्जाल X (पूर्व Twitter) मा लेखे, “इरान कहिल्यै इजरायलसँग सम्झौता गर्ने छैन। हामीलाई आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाफ दिन आवश्यक छ। जियोनिस्टहरूप्रति कुनै दया देखाइने छैन।”
ट्रम्पको चेतावनी र खामेनेईको प्रतिकृया इजरायलले गत शुक्रबार, जुन १३ मा इरानमाथि गरेको हवाई आक्रमणपछि आएको हो। त्यसयता दुवै देशबीचको तनाव झनै बढेको देखिएको छ।