Join our Channel

उदयपुरमा १२ केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुरमा १२ केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुरगढी गाउँपालिका–७ कमानबाट १२ केजी अवैध गाँजासहित दुई महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम४५ वर्षीया लीलादेवी राम रहेका छन्।

प्रहरी चौकी नेपालटारको गस्ती टोलीले शनिबार साँझ कमान क्षेत्रमा नियमित गस्तीका क्रममा उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

भारततर्फ पैठारीको योजना

प्रहरीका सूचना अधिकारी केदारमान दोङका अनुसार दुवै महिला उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा हुँदै भारततर्फ लैजाने योजना बनाएका थिए। तर, फर्कने क्रममा नै प्रहरीको गस्ती टोलीले पक्राउ गरेको उनले बताए।

अनुसन्धान जारी

पक्राउ गरिएका महिलाहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a comment