Join our Channel

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा “युके पठाइदिन्छु” भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इडियु सर्च नेपाल, बानेश्वरका सञ्चालक वसन्त कार्की (२९) लाई बिहीबार पक्राउ गरिएको हो। वसन्त कार्की ललितपुर महालक्ष्मी–२ बस्ने, कास्की पोखरा–१४ घर भएका छन्।

पक्राउको आधार पीडितहरूको उजुरी हो । उनले ८ जना पीडितबाट ४३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं–१० बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

Leave a comment