Join our Channel

अब जनता ठगिन नपरोस् : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग बलियो बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग पुनः दोहोर्‍याएको छ। पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले मङ्गलबार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो माग आफन्त नभई जनताको माग भएको प्रस्ट पारे।

उनले भने, “भिजिट भिसा प्रकरणमा छानबिन हाम्रो व्यक्तिगत माग होइन। १८ वर्षदेखि नेपाली जनता ठगिंदै आएका छन्। अब त्यस्तो अवस्था दोहोरिनु हुँदैन भन्ने आम जनताको आवाजलाई सदनसम्म पुर्‍याउनु हाम्रो कर्तव्य हो।”

रास्वपाले भिजिट भिसा प्रकरणमा पारदर्शिता माग गर्दै जेठ १४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ। सांसद झाका अनुसार, माग पुरा नभएसम्म संसद अवरोध जारी रहनेछ।

Leave a comment