Join our Channel

माओवादी उपमहासचिव जनार्दन शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

जेनजी विद्रोहपछिका राजनीतिक हलचलबीच माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजीनामा मागेका छन्।

शर्माले जेनजी आन्दोलनका कारण संसद् विघटनमा प्रमुख नेता जिम्मेवार भएको भन्दै अध्यक्ष दाहालले राजीनामा दिनुपर्ने दबाब बढाएका हुन्। उनले आन्तरिक छलफलका लागि तयार गरेको १६ बुँदे प्रस्तावमा राजीनामा आवश्यक रहेको उल्लेख गरिएको छ।

उनका अनुसार, पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ र पदमा बस्ने स्पष्ट नीति तय गर्नुपर्छ। गत वर्ष साउनमा स्थायी समितिमा नेतृत्व हस्तान्तरणको लिखित प्रस्ताव राख्ने अवसर समेत उनले पाएका थिए।

शर्माले जेनजी आन्दोलनको सकारात्मक प्रभावमा आधारित भ्रष्टाचार, दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीजस्ता पाटापक्ष उजागर भएको बताएका छन्। साथै वर्तमान सरकारसँग मिलेर निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेसम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

उनको प्रस्ताव अनुसार:

  • २०४६ पछि पदमा रहेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन हुनुपर्छ।
  • जेनजी आन्दोलनले पुर्याएको जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाइनुपर्छ।
  • निर्वाचन प्रणाली सुधार गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्तावलाई जोड दिनुपर्छ।
  • दलित, महिला, सहिद, बेपत्ता परिवार, घाइते, अशक्त र वृद्धको संरक्षण नीति तय हुनुपर्छ।
  • श्रम र आर्थिक उत्पादनसम्बन्धी नीति, योजना र कार्यक्रममार्फत स्वरोजगार सिर्जना अभियान सुरु गर्नुपर्छ।
  • राष्ट्रियता संकटमा रहेको भन्दै पार्टी पंक्तिलाई सचेत राख्नुपर्ने।

शर्माले पार्टीभित्रको नीति, कार्यक्रम र सामाजिक न्याय सम्बन्धी स्पष्ट मार्गनिर्देशनका लागि यी सुझावहरू अघि सारेका छन्।

Leave a comment