Join our Channel

प्रचण्डः ओलीले नेतृत्व छोडे एमालेसँग माओवादीको सम्भावित एकता हुनसक्छ

प्रचण्डः ओलीले नेतृत्व छोडे एमालेसँग माओवादीको सम्भावित एकता हुनसक्छ

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्।

धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँगको छलफलमा आगामी निर्वाचनलाई पार्टीको प्रधान एजेन्डा बनाइ अघि बढाउने योजना सुनाएका छन्।

प्रचण्डले भने,

“अबको माओवादीको लाइन भनेको चुनाव हो। केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”

साथै उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिएका छन्।

भेटघाटमा प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शन सही ठहर गर्न थालेको बताएका छन्। उनले भने,

“अहिले मेरो जेन्जी युवाहरूसँग पनि छलफल भइरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्न थालेका छन्।”

कार्यक्रममा प्रचण्डले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा सक्रिय हुन निर्देशन समेत दिएका छन्।

Leave a comment